इलामको रोङको अध्यक्षमा नेपाली कांग्रेसका मणि कुमार र उपाध्यक्षमा नेकपा एमालेकी विष्णुमाय विजयी


इलाम, ३ जेष्ठः इलामको माईजोगमाई गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार मणिकुमार स्याम्बो विजयी भएकाछन् । उनले नेकपा एमालेका उम्मेद्वार मेहेरमान तामाङलाई पराजित गरेका हुन ।  उपाध्यक्षमा भने नेकपा एमालेकी उम्मेदवार विष्णुमाया खवास विजयी भएकी छन् । अध्यक्ष पदको लागि स्याम्बोले ४६७९ मत ल्याउँदा तामाङले ४३२२ मतमात्र ल्याएका थिए । उपाक्षमा भने विष्णुमाया खवासले ४६५६ मत ल्याएर विजयी भएकी हुन । उनले नेपाली कांग्रेसकी उम्मेदवार कल्पना खनलाई  हराउँदै राई विजयी भएकी हुन । खनालले ४१९७ मत मात्र पाईन । 

६ वटा वडा रहेको माई जोगमाईमा वडा अध्यक्षहरुमा वडा नम्बर १, ३ र ५ मा नेपाली कांग्रेसका उम्मेद्वारले विजय प्राप्त गरेका छन् भने वडा नम्बर ४ र ६ मा नेकपा एमालेले विजय हासिल गरेका छन् । वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार चन्द्रशेखर घिमिरेले जितेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment