इलामको माईजोगमाईको अध्यक्षमा नेकपा एमालेका कुश वहादुर र उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रविना राई विजयी


इलाम, ३ जेष्ठः इलामको माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार कुश वहादुर थेवे विजयी भएकाछन् । उनले गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेद्वार जीतवहादुर राईलाई पराजित गरेका हुन । उपाध्यक्षमा भने गठबन्धन तर्फका नेपाली कांग्रेसकी उम्मेदवार प्रविना राई विजयी भएकी छन् । अध्यक्ष पदको लागि थेवेले ५१३५ मत ल्याउँदा राईले ४९१३ मतमात्र ल्याएका थिए । उपाक्षमा भने प्रविना राईले ५१५९ मत ल्याएर विजयी भएकी हुन । नेकपा एमालेकी सावित्रा भट्टराईलाई हराउँदै राई विजयी भएकी हुन । भट्टराईले ४८८३ मत मात्र पाईन । 

६ वटा वडा रहेको माई जोगमाईमा वडा अध्यक्षहरुमा वडा नम्बर १, ४, ५ र ६ नेकपा एमालेले जितेको छ भने वडा नम्वर ३ र २ नेपाली कांग्रेसले जितेको छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment