चिनियाँ कम्पनीमाथि कडाईं गर्दै भारत



भारत सरकारले चिनियाँ विशाल दूरसञ्चार कम्पनी हुवावेले करछली गरेको भन्दै मार्च पहिलो साता दिल्ली, गुरुग्राम र टेक हब, बेंगलुरुमा टेक जायन्टको कार्यालयहरू मा छापा मारेको छ ।
भारत र चीनबीच सीमामा समस्या रहेको र गलवान घाटीको हिंस्रक झडपपछि भारत सरकारले चिनियाँ सामाग्री बहिष्कार अभियानलाई तीव्रता दिएको छ । आफ्नो देशमा चीनको आर्थिक स्वार्थलाई कम गर्न निरन्तर रणनीतिक कदमहरु चालिरहेको छ । चिनियाँ उपस्थिति राष्ट्रिय सुरक्षाको लागि खतरा हुने निष्कर्षसहित भारतले कडाई गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमै चिनियाँ कम्पनीको सञ्चालनले सुरक्षा जोखिममा पारेको कतिपय नजिर, चिनियाँ सरकारका लागि जासुसी गरेको भन्दै हुवावेमाथि पश्चिममा मुलुकमा छानविन र अमेरिका, बेलायतसहित धेरै विश्व शक्तिहरू,अष्ट्रेलिया र क्यानडालेसमेत हुवावेको प्रभाव र कामलाई हटाउन रणनीति अख्तियार गरेका बेला भारत पनि चिनियाँ उत्पादनलाई निरुत्साहित गर्ने अभियानमा अघि बढेको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment