झापाकाे बाह्रदशी १ मा नेपाली कांग्रेसको प्यानलै विजयी

 ३१ बैशाख २०७९, शनिबारमा प्रकाशित

झापा, बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्वर १ को वडाध्यक्षमा टेक वहादुर राजवंशी निर्वाचित भएका छन् । उनीसंगै चारै जना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
वडाध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी सम्भूसिंह राजवंशीले ५६३. मत प्राप्त गरेका थिए ।
त्यस्तै वडा सदस्य पदमा विजय प्रसाद अधिकारी र सम्पतलाल गिरी , महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित भएका छन् ।
वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी रहेको थियो । उम्मेद्वारी दिने मध्ये शम्भूसिह २०७४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित वडाध्यक्ष हुन् ।
वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट भूमिराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजवहादुर राई र जनमत पार्टीबाट अघनलाल राजवंशी उम्मेद्वार रहेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment