‘कोर सिटी’मा स्थापित र सिंहलाई बढी मत, तत्काल बालेनलाई भेट्न भने असम्भव

६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं, ६ जेठ । काठमाडौंका कोर सिटीमा नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित हाबी भएका छन् ।
यतिबेला महानगरका कोर सिटीमा मतगणना भइरहेका छन् । जसमा महानगर प्रमुखको एमालेका उम्मेदवार केशव स्थापित केही धेरै मत पाएका छन् । यद्यपि तत्काल बालेनको अग्रतालाई भत्काउने अवस्था भने छैन ।
समग्रमा स्वतन्त्र उम्मेदवार बालेन शाह स्थापिभभन्दा ११ हजारभन्दा बढी मतका साथ अघि छन् । उनले हालसम्म २४,८९० मत पाएका छन् । त्यस्तै स्थापितले १३,१८९ मत पाएका छन् ।
त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले जम्मा १२,५४४ मत पाएकी छन् । तर हाल मत गणना भइरहेको वडा नम्बर २७ मा भने ५०० मतगणना हुँदा स्थापितले १७३ र सिंहले १२६ मत पाएका छन् । उता अत्याधिक मत पाइरहेका बालेनाले भने यो वडामा ६७ मत मात्रै पाएका छन् ।
त्यस्तैगरी २८ नम्बर वडामा २,५२१ मतगणना हुँदा स्थापितले नै धेरै मत पाएका छन् । उक्त वडामा उनले ६०७ पाए। बालेनले ६०४ पाए भने सिर्जनाले ५७० मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment