इलाम, ६ जेष्ठः इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवैमा जीत निकालेको छ । अध्यक्षमा दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राई विजयी भएका हुन । खनलाले गठबन्धनका नेपाली कांग्रेसका उम्मेद्वार डिकवहादुर थापालाई र राईले नेकपा माओवादीका उम्मेद्वार कुलबहादुर वान्तावलाई पराजित गरेका हुन। अध्यक्ष पदका लागि खनाले ५३२२ मत ल्याउँदा थापले ४८२१ मत मात्र प्राप्त गरेका थिए । उपाध्यक्षमा राईले ५१५८ मत ल्याउँदा वान्तावले ४१७४ मत मात्र प्राप्त गरेका थिए ।
७ वटा वडा रहेको फाकफोकथुम गाउँपालिकामा ४ वटा वडा नेपाली कांग्रेसले र ३ वटा वडा नेकपा एमाले विजयी भएको छ ।
0 comments:
Post a Comment