झापाको रामचोकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

५ जेष्ठ २०७९, बिहीबार


झापा । ट्रकको ठक्करबाट झापामा एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो ।
प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको बिर्ता सिटी अस्पताल पु¥याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment