काँकरभिट्टाबाट रु २८ लाख बढीको सुनसहित एक जना पक्राउ

५ जेष्ठ २०७९, बिहीबार


झापा । नेपालको पूर्वी नाका काँकरभिट्टामा अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकका अनुसार बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका जैसीलाई लागूऔषध व्यूरो र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम (हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५ं रुपैयाँ बराबरको सुन बरामद गरेको जानकारी दिए ।
डीएसपी पाठकका अनुसार सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको प्रवक्ता पाठकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment