इलाम, ४ जेष्ठः इलामको माई नगरपालिकामा प्रमुख उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार खम्वासिं लिम्वुले गठबन्धनका नेकपा माओवादीका उम्मेदवार धनकुमार लिम्बुलई पराजित गरेका हुन । नेकपा एमालेका खम्बासिं लिम्बुले ८१३२ मत पाउँदा नेपाली कांग्रेसका धनकुमार लिम्बुले ६५१५ मत पाएका थिए । उपमेयरमा नेकपा एमालेकी ७८७५ मत पाउँदा गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार ६३३६ मत पाएका छन् ।
१० वटा वडा रहेको माई नगरपालिकामा पहिलो पटक वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ भने नेपाली कांग्रेसका संसद नरेन्द्र कुमारको वडामा वडा नम्बर ७ मा नेकपा एमालेका सुवास चन्द्र नेम्वाङका सोखिय सचिव समेत रहेका वुद्धी खनालको प्यानलले नै विजय प्राप्त गरेको छ । माई नगरपालिकामा वडा नम्बर २,४,५,७,८,९ र १० नेकपा एमाले विजयी भएको छ भने वडा नम्बर १, ३ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
0 comments:
Post a Comment