इलामको देउमाई नगरपालिकामा नेकपा एमाले विजयी


इलाम, ४ जेष्ठः इलामको देउमाई नगरपालिकाको प्रमुख र उप–प्रमुख दुवैमा नेकपा एमाले विजयी भएको छ । गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेद्वार विजयी भएका हुन । नगर प्रमुखमा नेकपा एमालेका सूर्या पोख्रेलले ८६९५ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेद्वार होम दुलालले ७६२२ मत प्राप्त गरे । उप–प्रमुखमा नेकपा एमालेकी ८५३६ मत ल्याउँदा नेकपा माओवादीका रामकुमार राईले ५७६५ मत प्राप्त गरे । देउमाई नगरपालिकामा २०७४ सालमा पनि नेकपा एमालेका अहिलेका विजेतले नै जित निकालेका थिए । उनिहरु दोस्रो कार्यकालको लागि दोहोरिएका छन् । 

९ वटा वडा रहेको देउमाई नगरपालिकामा वडा नम्बर १,२,४,५ र ८ नम्बर नेकपा एमाले विजयी भएको छ भने वडा नम्बर ३,६,७ र ९ मा नेपाली कांग्रेस विजयी भएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment