भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउदै, स्वागतका लागि तीव्र तयारी

२५ बैशाख २०७९, आईतवार

भैरहवा । आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने तय भएपछि स्वागतका लागि तयारी तीव्र पारिएको छ । यसअघि मोदी लुम्बिनी आउने तय भएरपनि अन्तिममा कार्यक्रम स्थगित भएको थियो । यसपटक बुद्ध जयन्ती पारेर आउन लागेपछि स्थानीय हर्षित छन् ।
लुम्बिनी विकास कोषले सम्बन्धित मन्त्रालयसित समन्वयमा गरिरहेको जनाइएको छ । यसपटक मोदी लुम्बिनीमा आयोजना हुने २५६६ औं बुद्ध जयन्तीका अवसरमा आउन लागेका हुन् । मोदी आउने भएपछि अहिले अहिले लुम्बिनी चारवटा हेलिप्याड निर्माण भइरहेका छन् ।
लुम्बिनी निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल नजिकै हेलिप्याड बनाउन लागिएको हो । प्राविधिकका अनुसार यस्ता हेलिप्याड ढलान गरेर पक्कि बनाइनेछ । हेलीप्याडसम्म आउजाउका लागि चार मिटर चौडा ढुंगाको बाटो निर्माण भइरहेको छ ।
धेरै समय बाँकी नरहेकाले बैशाख मसान्तभित्र यस्ता तयारी पूरा गर्ने गरी काम भइरहेको छ । आन्तरिक तयारी गरिरहेको विकास कोषले भने आफूहरुलाई आधिकारिक जानकारी नभएपनि तयारी भने गरिरहेको जनाएको छ ।
लुम्बिनी आएपछि मोदीले भारतले निर्माण गर्न लागेको विहारसम्म पुग्ने कार्यक्रम छ । त्यसका लागि विहारसम्म पुग्ने बाटो निर्माणलाई तीव्रता दिइएको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबीसी)मार्फत जर्मन स्तुपा उत्तर विहार बनाउन लागेको हो । उक्त संस्था अहिले भारतीय संस्कृति तथा पर्यटन मन्त्रालय मातहत रहेको छ ।
विहारको बाउण्ड्री वाल बनाउने काम अहिले जारी छ । अहिले त्यहाँ प्रहरीले सुरक्षा दिन थालेको छ । उक्त विहार भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ । मोदी आउने जानकारीपछि स्वागतका लागि लुम्बिनी विकास कोषले आन्तरिक तयारी थालेको छ ।
भ्रमणबारे परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी भने दिएको छैन । सरकारबाट मोदीको भ्रमणको औपचारिक घोषणा भइसकेको छैन । यही बीचमा नेपाल र भारतका उच्च सुरक्षा अधिकारी लुम्बिनी आउने क्रम बाक्लिएको छ । भ्रमणको तयारीका लागि लुम्बिनीमा उनीहरु लुम्बिनी विकास कोषसंग पटक पटक छलफल आयोजना गरिसकेका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले लुम्बिनी क्षेत्रको निगरानी गरिरहेका छन् । आन्तरिक रुपमा सुरक्षा निकायले मोदीको सुरक्षाका लागि रणनीति बनाए पनि बाहिर भने केही बोकेका छैनन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment