आठ वर्षअघिको ‘ब्यूटी पेजेन्ट’ घटना : पीडित युवतीको घरमा पुग्यो एसपी कोइरालाको टोली

६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौं । आठ वर्षअघिको मिस नेपालमा फस्र्ट रनरअप भएपछि आफूमाथि बलात्कार भएको बताउने पीडित युवतीको घरमा प्रहरी टोली पुगेको छ ।
शुक्रबार काठमाडौंको पेप्सिकोलास्थित पीडितको घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइरालाको टोली घटनाबारे अनुसन्धान गर्न पुगेको हो ।
पीडित युवतीले ‘सुसी खान जाने हो’ नाम टिकटक आइडीबाट बुधवार साँझ करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएी थिइन् । टिकटकमार्फत आफूमाथि यौन हिंसा भएको बताउदै पीडकलाई कारबाही गर्न माग गरेका थिइन् ।
पीडित युवतीले भाग–१ देखी भाग–२० सम्म आफूमाथि भएको यौन हिंसाको घटनाक्रम सुनाएकी थिइन् । त्यसपछि सामाजिक सञ्जाल र सडकमा युवतीको पक्षमा नाराबाजी र आन्दोलन हुँदै आएको छ ।
सञ्जाल र सडकमा चौतर्फी घटनाबारे निन्दा र पीडकलाई कारबाहीको दायरामा ल्याउन आन्दोलनै चर्किएपछि शुक्रबार संसदमा पनि यो विषयले प्रवेश पाएको छ ।
शुक्रबार बसेको संसद् बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले उक्त घटनाबारे तत्काल छानबिन थाल्न सरकारसँग अनुरोध गरेका छन् । सभामुख अग्नि सापकोटाले पनि यथाशीघ्र चाँडो घटनाबारे छानविन गर्न भनेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment