इलाम र झापको सीमामा रहेको सहकाले शिक्षाको पहुँचबाट धेरै टाढा, आफ्नै ब्यबस्थापनको बालकेन्द्रमा बालाबालिका सिक्दै

  • बिमल अधिकारी 

इलाम, २० बैसाख। रमाइलो सेवा समूह इलामद्वारा सहकाले बस्तीका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ। शैक्षिक संस्थाको पहुँच नभएका कारण बालबालिकाहरु बिद्यालय जानबाट बञ्चित भएका कारण स्थानियबासीकै ब्यबस्थापनमा सन्चालन गरिएको बाल केन्द्रमा सो शैक्षिक सामाग्री बितरण गरिएको हो। इलाम र झापाको सिमाना अर्जुनधारा २ को सहकाले बस्तीमा रहेको सो बाल केन्द्रमा दस जना बालबालिकालाई स्थानिय स्तरबाटै सहजकर्ता ब्यवस्थापन गरि सामान्य पढनपठान गराइदै आएको छ। 
शिक्षा स्वास्थ यातायत लगायतका पुर्बाधारको राम्रो ब्यबस्थापन हुन नसकेको सो बस्तीका स्थानिय ले अनुरोध गरे पश्चात् रमाइलो सेवा समुहले विभिन्न सहयोगी अनि समाजसेबी ब्याक्तिहरुको आर्थिक सौजन्यमा झोला, कापी, पेन्सिल लागायतका सामाग्री खरिद गरि एक कार्यक्रमका बिच सोमबार सो सामाग्री बितरण  गरेको हो।
समुहकी इलाम अध्यक्ष टिन्कु भट्टराई , बिशेष सल्लाहकार योगेन्द्र प्रसाद आचार्य लगायतको टिम सो स्थानमा गएर सामाग्री हस्तान्तरण गरिएको थियो। रमाइलो सेवा समूह बिशुद्द सामाजिक र सहयोगी मनहरुद्वारा सञ्चालित एक सामाजिक अभियानक समूह हो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment