जिसस प्रमुखमा एमाले, उपप्रमुखमा नेकपा एसका उम्मेद्धार बिजयी



असार ४, इलाम

    इलामको जिल्ला समन्वय समिति (जिसस) गठनमा नेकपा एमाले र नेकपा एकिकृत समाजबादी (नेकपा एस) पार्टीका गठबन्धनका उम्मेद्धार बिजयी भएका छन् । सोही गठबन्धनमा जनता समाजबादी पार्टीले पनि सघाएको छ ।                 

स्थानीय तह निर्वाचनमा काँग्रेससंग गठबन्धन गरेर चुनाव लडेको नेकपा एकिकृत समाजबादी (नेकपा एस) र जनता समाजबादी पार्टी (जसपा) ले काँग्रेससंगको गठबन्धन तोड्दै नेकपा एमालेसंग गठबन्धन गरेको हो । सूर्याेदय नगर कार्यपालिका गठनमा नेकपा एमाले र नेकपा (एस) गठबन्धन सफल भएपछि जिसस गठनमा पनि एमाले र नेकपा (एस)को गठबन्धन बनेको हो । माङ्सेबुङ्ग गाउँपालिका र माई नगरपालिकाको कार्यपालिका सदस्यमा जसपालाई समेटेपछि जिसस गठनमा जसपा पनि गठबन्धनमा थपिएको हो ।     

यसैक्रममा शनिबार ९ सदस्यिय रहने जिससको निर्वाचन सम्पन्न भएको छ । गठबन्धनबाट ९ सदस्यीय जिससमा एमालेबाट प्रमुखसहित ३ खुला र २ महिला सदस्य, नेकपा (एस)बाट उपप्रमुखसहित १ दलित महिला सदस्य र १ महिला सदस्य निर्वाचित भएका छन् । जसमा गठबन्धनबाट जिसस प्रमुखमा एमालेबाट जयप्रकाश राई, उपप्रमुखमा नेकपा एसबाट चित्रकला बराइली, महिला सदस्यमा एमालेबाट सिता कार्की क्षेत्री, मिना कुमारी राई, नेकपा एसबाट सपनादेवी राई शेर्पा बिजयी बन्नुभएको छ । यस्तै दलित महिला सदस्यमा नेकपा एसबाटै तृष्णा लोहार तथा खुल्ला सदस्यहरुमा एमालेबाट प्रेमराज गुरुङ्ग, शेरबहादुर खालिङ्ग र रामप्रसाद लिम्बू निर्वाचित बन्नु भएको छ । यता नेपाली काँग्रेसबाट सभापतिमा बिमल बैद्य, उपसभापतिमा कमलादेवी अधिकारी, महिला सदस्यमा ख्यामकुमारी घले र रिना राई, दलित महिला सदस्यमा पार्वता बिश्वकर्मा एवं खुल्ला सदस्यमा राजकुमार लिङ्गदेन र बिष्णु भटटराईले निर्वाचनमा भाग लिनु भएको थियो ।      स्थानीय तह निर्वाचनमा एमाले बिरुद्ध काँग्रेस, नेकपा एस, माओबादी र जसपा गठबन्धन गरेर चुनाव लडेपनि जिसस गठबन्धनमा काँग्रेस बिरुद्ध गठबन्धनमा रहेको नेकपा एस र जसपा एमालेसंग मिलेर चुनाव लडेको हो ।

जिल्लाभरका सबै पालिकाका प्रमुख र उपप्रमुख जिसस गठनका लागि मतदाता थिए । जिल्लाका १० पालिकाका २० प्रमुुख÷उपप्रमुखमध्ये एमाले एक्लैको १० मत रहेको थियो । कांग्रेसको ७, नेकपा (एस)को २ र जसपाको १ मत रहेको थियो । एमाले–नेकपा (एस) र जसपा गठबन्धन भएकाले यो गठबन्धनको बहुमत (१३ मत) पुगेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment