मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 ६ असार २०७९, सोमबार 

मोरङ । मोरङको बेलबारी–११ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाईते भएका छन् ।
आज दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी–१० का ३१ बर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार मोरङ पथरीशनिश्चचरे–६ का २८ बर्षीय रमेश धिमाल घाईते भएका थिए ।
दुर्घटनाबाट घाईते भएका उनीहरुको उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment