सरकारले घटायो पेट्रोलियम पदार्थमा लगाइएको कर, अब डिजेलको मूल्य १६४ र पेट्रोल १७९

११ असार २०७९, शनिबार


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबनधनको बैठकले सरकारलाई इन्धनको मूल्य घटाउन निर्देशनपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएको र उक्त कर घट्दा स्वत मूल्य घट्ने जानकारी दिए ।

मन्त्री बडुका अनुसार डिजेल २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती भएको छ । यो सँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ कायम भएको छ ।

यो निर्णय शनिाबार राति १२ बजेबाट लागु हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment