इलाममा लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार बिरुद्ध अन्तरक्रिया


इलाम, ११ असारः लागू औषध दुरुपयोग तथा  अबैध ओसापसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा इलाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामको सयुक्त आयोजनामा इलाम नगरपालिकाको सभाहलमा कार्याक्रम सम्मपन्न भएको हो । 

इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार  प्रमुख आतिथ्यत थिए । सुरक्षा निकायका प्रमुख, इलाम नगरपालिकाका वडा अध्यक्ष, बिभिन्न संघ संस्थाका प्रमुख, पत्रकार, शिक्षक, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु र  अभिभावकको उपस्थितिमा लागू औषध विरुद्धको सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो  ।

 कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले लागु औषध दुरुपयोग तथा  अबैध ओसारपसार बिरुद्धको बिषयमा प्रस्तुतिकरण गर्नुभयो ।

कार्यक्रममा श्रेष्ठले लागु अाैषधका प्रकार र यसकाे अवैध उत्पादन र अाेसारपसार सम्वन्धि कानुन बारे पनि जानकारी गारउँनु भएकाे थियाे । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment