इलाम नगरपालिकाको बजेट १ अरब २२ करोड ३७ लाख


इलाम, ११ असारः इलामको इलाम नगरपालिकाले १ अरब २२ करोड ३७ लाखको बजेट प्रस्तुत गरेको छ । इलाम नगरपालिकाको एघारौँ  नगरसभामा शुक्रबार उप प्रमुख विष्णु कुमारी दाहालले प्रस्तुत गरेको  शनिबार पत्रकार भेटघाटको क्रममा इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले जानकारी गराए ।

बजेट अन्तरगत नगरको अन्तरिकस्रोतमा २० करोड ४९ लाख ८९ हजार ६० रुपयाँ, संघीय सरकारबाट प्रप्त हुने ८४ करोड २८ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने ४ करोड २८ लाख ८ हजार र राजश्व बाँडफाँडबाट १३ करोड ३१ लाख ६ हजार ८ सय ४० रहेको छ । 

यसै गरी व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा १६ करोड ९७ लाख ५० हजार र वडास्तरीय योजना तथा काईक्रममा १२ करोड ३५ लाख ११ हजार, सामाजिक सुरक्षामा २० करोड रकम रहेको छ । 

यसैगरी वडास्तरिय योजना तथा कार्यक्रमअन्र्तगत आर्थिक विकासमा १ करोड ३२ लाख, समाजिक विकासमा १ करोड ९८ लाख ५० हजार, पूर्वधार विकासमा ५ करोड ९६ लाख, बन वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड, सुशासन तथा संस्थागत विकासमा ७३ लख ५० हजार विनियोजन गरेको छ । 

नगरस्तरिय योजना तथा कार्यक्रमा आर्थिक विकासमा ४९ लाख, सामाजिक विकासमा ४ करोड ७६ लाख ९९ हजार ८ सय ४०, पूर्वाधार विकामा १३ करोड २२ लाख ३९ हजार १ सय ६०, बन वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख  र सुशासन तथा संस्थागत विकासमा ३ करोड ७९ लाख रहेको छ । 

नगरले संघबाट र प्रदेशबाट प्राप्त गरेको वजेट कृर्षि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा पूर्वधार विकासमा समानुपातिक ढंगले वितरण गरेको छ । नगरले नगरभित्र भएका विभिन्न संघ संस्था तथा जनता संघ साझेदारीमा गर्ने कार्यक्रमहरु पनि ल्याएको छ । नगरले नगर भित्ररहेका भाषा संस्कृति संरक्षणका कार्यक्रमहरु पनि ल्याएको कार्यक्रममा नगर प्रमुख केदार थापाले वताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment