इलाम, १२ असारः इलामको माङसेवुङमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । माङसेबुङ गाँउपालिका वडा २ दहगाँउ स्थित भित्रि सडक खण्डमा रबिबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसि दुर्घटना हुदा भएको हो ।
उक्त गाडीमा चालक सहित ४ जना सवार मध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका ५ पाँचथर बस्ने अन्दाजी ६० वर्षकी पदम कुमारी लावती, मिक्लाजुङ गाउँपालिका ५ पाँचथर बस्ने अन्दाजी ६५ वर्षिया हिम प्रसाद लावती र इलाम माङसेवुङ ६ वस्ते अन्दाजी ५० वर्षिय प्रकाश भनिने जयराम राई रहेका छन् ।
सवारी चालक जिल्ला पाँचथर मिक्लाजुङ गाउँपालिका ३ बस्ने वर्ष २४ को अनुप राई प्रहरी चौकी बाझो ईलामको नियन्त्रणमा रहेको र मृतकहरुको शव घटना स्थलमानै रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

0 comments:
Post a Comment