इलाम, १२ असारः इलाममा रहेका तीन वटा अश्रामको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यलय इलाम, सशस्त्र प्रहरीबल श्रीअन्तु गुल्म इलाम र इलाम नगरपालिकाको संयुक्त टोलीले अनुगमन गरेको हो । इलाम नगरपालिका ९ मा रहेको राहसल बाल गृह, इलाम नगरपालिका १० राजदुवालीमा रहेको माईभगवती वृद्धा आश्रम र इलाम नगरपालिका ८ मा रहेको कृपा मिड प् होम तथा पुन स्थपना केन्द्रको अनुगमन गरेको हो ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना, जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठ, शसस्त्र प्रहरीबल इलाममका प्रमुख सुरेश सापकोटा लगायतले अनुगमन गरेको थिए ।
इलाममा सञ्चालन भई रहेका यी आश्रमहरुमा केहीमा सुधार गर्नु पर्ने देखिए पनि केही राम्ररी सञ्चालन भई रहेको र सुधार गर्नु पर्ने आश्रमहरुलाई के के सुधार गर्नु पर्ने हो निर्देशन दिएको जिल्ला प्रशासन कार्यलय इलामका प्रसाशकिय अधिकृत तथा सूचना अधिकारी यादव राउतले जानकारी गराए ।

0 comments:
Post a Comment