इलामको आदर्श सहकारीलाई एर्बा युरोपियनबाट प्रशंसा पत्र


इलाम, १५ असारः विश्वप्रतिष्ठित स्वास्थ्य सम्बन्धित मेसिनरी सामाग्री उत्पादक तथा रिसर्चर एर्बा ग्रुप अफ कम्पनी युरोपियनले आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि इलामलाई प्रशंसा पत्र प्रदान गरेको छ ।  

विश्वस्तरीय नम्बर वान ब्राण्ड एर्बाको उपकरणहरु आफ्नो ल्याबमा प्रयोग गरि सामुदायिक स्तरमा सुलभ स्वास्थ्य सेवा पुर्‍याएको भन्दै सहकारीलाई प्रशंसा पत्र प्रदान गरिएको हो । काठमाण्डौंको होटेल मेरियोटमा आयोजित भब्य समारोहबीच क्षेत्रीय कार्यालय चेक रिपब्लिकबाट आएका प्रतिनिधि क्रिष्टिना ब्रोजोभाले संस्थालाई प्रशंसा पत्र हस्तान्तरण गरेकी थिईन् । कार्यक्रममा सहभागी भएका संस्थाका बरिष्ठ ब्यवस्थापक याम प्रधानले एर्बा ग्रुप अफ कम्पनी युरोपियनले प्रदान गरेको प्रशंसापत्र ग्रहण गरेका थिए ।  

सम्मान प्राप्त गरेपछि प्रतिक्रिया दिदै संस्थाका अध्यक्ष महेश श्रेष्ठले भने, ‘ प्रशंसा र सम्मानले संस्था तथा सम्पूर्ण इलामेलीहरु उत्साहित भएका छौ ।’ इलाममा गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउनका लागि संस्थामा थप जिम्मेवारी बढेको उनले प्रतिक्रिया दिए । नेपालमा एर्बाको एकमात्र आयातकर्ता ओम सर्जिकल कन्सर्न हो । कन्सर्नका प्रमुख दलबहादुर भण्डारीले केहि समय अगाडी सहकारीले सञ्चालन गरको पोलिक्लिनिक र ल्याब अनुगमन गरेका थिए । ओम सर्जिकल्सकै साझेदारीमा सहकारीले पोलिक्लिनिक मार्फत इलामेलीहरुको लागि निःशुल्क डाइबिटिजको परिक्षण गर्दै आएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment