चारआली–केचना कालोपत्रे सडक भत्किन थाल्यो, दुर्घटनाको जोखिम बढ्यो

 १५ असार २०७९, बुधबार


  • पार्थ मण्डल
भद्रपुर । अविरल वर्षाले झापाको चारआली–केचना कालोपत्रे सडक भत्किन थालिसकेको छ । भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिका सीमा प्रवेश गर्न स्थानमा चारआली–केचना कालोपत्रे सडक भत्किन थालिसकेको छ ।
गाउँपालिकाको प्रवेशद्वार वडा नम्बर ६ मा नालाको पानीले सडकलाई सुरक्षित गर्न बनाइएको ढुङ्गाको तटबन्ध भत्काउँदा सडक नै जोखिममा परेको छ । साथै सडक ठाउँ ठाउँमा भासिँदै गइरहेको छ । नालाको पानीकै बहावले सडक भत्किन थालेपछि ठेकेदारको गुणस्तरप्रति स्थानीयले प्रश्न उठाउन थालेको छ ।
सडकलाई सुरक्षित गर्न बनाइएको तटबन्ध भत्किदा ठेकेदारले गुणस्तरहीन काम गरेको स्थानीय हरि बस्नेतले आरोप लगाएको छ । पैनीको पानीले तटबन्ध भत्काएर कालोपत्रे भत्काउन थालिसकेको बताउँदै उनले भने, ‘यो सरासर ठेकेदारको लापरबाहीले भएको हो, सडकको उद्घाटन भई भत्कँदा समेत सम्बन्धित निकायले यसतर्फ खासै चासो देखाएको छैन ।’ सडक भत्कन सुरु हुँदा सडकमा दुर्घटनाको जोखिम पनि बढेको उनको भनाई छ ।
चारआली–केचना ४० किलोमिटर सडक निर्माणका लागि दुई चरण ठेक्का लागेको हो । वि.सं २०७३ असोज १७ गते पहिलो चरणको ० देखि २० किलोमिटरको ठेक्का लागेको हो । चारआली चोकदेखि देउनियाँ खोलासम्मको ठेक्का कालिका कनकाई याङथुम्हाङ जेभीले ४१ करोड ६५ लाख रुपैयाँमा लिएको हो । वि.सं २०७५ चैत १६ गते दोस्रो चरणको २१ देखि ४० किलोमिटर सडकको ठेक्का लागेको हो ।
देउनियाँ खोलादेखि केचना सीमा सम्मको सो ठेक्का लामा डाँफे कञ्चनजङ्घा जेभीले ४२ करोड ५६ लाख रुपैयाँ लिएको हो । अहिले भत्किएको सडक लामा डाँफे कञ्चनजङ्घाले गरेको हो । साथै लामा डाँफे कञ्चनजङ्घाले अहिले पनि बनियानी चोकमा सडक निर्माण पूरा नगरी अधुरै छाडेको छ । भने, कालिका कनकाई याङथुम्हाङले पनि भद्रपुरको भानुचोकदेखि संगमचोकसम्मको सडक पूरा नगरी त्यतिकै छाडेको छ ।
पूर्वाञ्चल दैनीकबाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment