नेपाल इन्डोनेसियाँसँग ७ – ० ले पराजित

१ असार २०७९, बुधबार


काठमाडौं । एएफसी एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ० को बिरुद्धमा ७ गोलले पराजित भएको छ ।
यो नेपालका लागि लज्जास्पद हार हो । गएरातिको खेल नेपालका लागि प्रतिष्ठाको खेल थियो । कुवेतमा जारी एशियन कपको छनौँटमा पहिलो हाफमा नेपालले २ गोल मात्रै खाएको थियो । तर दोस्रो खेलमा मात्रै थप ५ गोल व्यहोर्यो ।
हारसँगै नेपाल एशियन कपमा छनौँट हुन सकेन । साथै नेपालले छनौँट चरणको अन्तिम खेलमा नराम्रारी हार व्यहोर्दा दुखद अन्त्य गरेको हो ।
यस हारसँगै समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।
नेपालले यसअघि दुई खेलमै पराजित भइसकेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment