१६ असार २०७९, बिहीबार
पर्सा (वीरगञ्ज) । जिल्लाको बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ विश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार राति नै छपकैयास्थित आर्यघाटमा आधा जलेको १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । परिवारले भने घरमै विष सेवन गरेर महिमाले आत्महत्या गरेको दाबी गरेका छन् ।
उक्त घटनाबारे सूचना पाएलगत्तै प्रहरीले टोली परिचालन गरी बुधबार राति नै महिमाको शव नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धानका लागि मृतक महिमाकी दिदी, आमा र ठूलीआमा (तीन जना)लाई पक्राउ गरिएको छ ।
अहिले महिमाको आत्महत्या कि हत्या गरेर जलाउन खोजिएको हो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घरका पुरुषहरु भने सबै फरार रहेका र उनीहरुको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । महिमाको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको छ ।

0 comments:
Post a Comment