चुलाचुली मोडमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 १७ असार २०७९, 


झापा । झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बुधवार राती सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १–०१–०१२ प १४५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका–९ का ३८ बर्षीय दिपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment