विरिङ खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु

१७ असार २०७९, शुक्रबार 


झापा । विरिङ खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु भएको छ । विर्तामोड अतिथि सदन रोडमा घर भई आफ्ना बुवा नविन ओलीसँग त्यहाँस्थित रमणीय पार्क घुम्न आएका अन्दाजी वर्ष ६ का सर्वजीत ओलीको खोलामा डुवेर आज मृत्यु भएको हो ।

कनकाई नगरपालिका–८ स्थित नदी किनारमा रहेको पार्कमा खेल्दै गरेका बालक एक्कासि नदिमा गएर हाम फलेपछि नदीले बगाएर करिब ५ सय मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालक डुब्दै गरेको अवस्था देखेर प्रत्यक्षदर्शी स्थानीय एक व्यक्तिले उद्धार गरेर नदी किनारमा निकाल्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरेर पोस्टमार्टमको लागि पठाइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment