इलामको साँखेजुङमा गाडी दुर्घटना अपडेटः चालकको अवस्था गम्भिर, अन्य १२ जाना घाइतेको अवस्थाको विवरण सहित


इलाम, १७ असारः मेचीराजमार्गमा सवारी दुर्घटना हुँदा एक जना वच्चा सहित ११ जना घाइते भएका छन् । मेचीराजमार्ग अन्तरगत साँखेजुङको मिलगोलाई छेउको पुवाखोलाको घाटजाने गोलाईमा ताप्लेजुङ थुम्मेदिन चाक्सिबोटेबाट  झापाको लागि हिडेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना भएको हो ।
घटनाको जानकारी जिल्ला प्रहरी इलाममा जनाकारी प्राप्त हुनासाथ तत्काल प्रहरीबिट नेपालटारबाट प्रहरी सहायक निरिक्षको  र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रबनानिको कमाण्डमा प्रहरी टोली खटिइ गइ घाइते निम्न स्थान बस्ने निम्न मानिसहरूलाइ उपचारको लागी जिल्ला अस्पताल ईलाम पठाइएकोमा  सामान्य उपचार पश्चात थप उपचारको लागि झापा तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
निम्न:-
१) जिल्ला ताप्लेजुङ पाथिभरा याङ्बरक गा.पा ५ बस्ने वर्ष २१ की मनिषा तामाङ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
२) ऐ.ऐ. ६ बस्ने वर्ष २४ को लोकेन्द्र सिलवाल (खुट्टा नचल्ने )
३) ऐ. फुङलिङ न.पा ६ बस्ने वर्ष ३० की निमा खतिवडा ( टाउको र शरिरको विभिन्न भागमा चोट 
४) जिल्ला झापा मेचिनगर न.पा ९ बस्ने वर्ष २२ को दिवान राइ ( टाउको र अनुहारमा चोट )
५) ऐ.ऐ. बस्ने १० महिनाकि बच्चा रियन्सा राइ (शरिरमा सामान्य चोट  )
६) ऐ.ऐ. बस्ने वर्ष २२ की मञ्जली राइ  ( टाउको र शरिरको विभिन्न भागमा चोट )
७) ऐ. भद्रपुर न.पा ३ बस्ने वर्ष वर्ष ५३ को इन्द्र ब. कार्की( हात खुट्टा नचल्ने )
८) ऐ.ऐ. बस्ने वर्ष ५६ को जित ब. थेबे ( टाउकोमा चोट झापा तर्फ रेफर)
९) जिल्ला पाँचथर फालेलुङ गा.पा. १ बस्ने वर्ष ३२ की अप्सरा कोइराला ( टाउको र शरिरको विभिन्न भागमा चोट )
१०)ऐ. याङबरक गा.पा ५ बस्ने वर्ष ५१ को प्रेम तामाङ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
       ११)ऐ.ऐ. ६ बस्ने वर्ष २३ को दिपेन्द्र कोइराला( टाउको र शरिरको विभिन्न भागमा चोट )
        १२)जिल्ला भोजपुर श्यामसिला गा.पा १ बस्ने वर्ष २७ को सुरेन राइ ( टाउको, अनुहार, शरिरको विभिन्न भागमा चोट )
 १३)चालक जिल्ला इलाम इलाम न.पा २ सुम्बेक बस्ने वर्ष २४ को चुडामणि घिमिरे ( टाउकोमा गहिरो चोट अवस्था गम्भिर ) 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment