इलामको साँखेजुङमा सवारी दुर्घटना, ११ जना घाइते


इलाम, १७ असारः मेचीराजमार्गमा सवारी दुर्घटना हुँदा एक जना वच्चा सहित ११ जना घाइते भएका छन् । मेचीराजमार्ग अन्तरगत साँखेजुङको मिलगोलाई छेउको पुवाखोलाको घाटजाने गोलाईमा ताप्लेजुङबाट झापाको लागि हिडेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना भएको हो । 

सावारी सडकबाट करिव ४०० मिटर तल खोला छेउमा पुगेको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले जानकारी गारए । घाइतेहरु मध्ये ३ को अवस्था गम्भिर देखिएको पनि उनले वताए ।  घाइतेको विवरण आई नसेको र सवारी दुर्घटनाको कारण अनुशन्धान भई रहेको जिल्ला ट्राफिक कार्यालय इलामले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment