चिया बगानको एक रुखमा ३ किशोरी झुण्डिएको अवस्थामा भेटिए

८ श्रावण २०७९, आईतवार


झापा । यहाँको कचनकवल गाउँपालिकास्थित एक रुखमा ३ जना किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

कचनकवल वडा नं ५ पाठामारी बेल्लेगाउँ स्थित सुनकोशी चिया बगानको झिङ खोलाको किनारमा रहेको एउटै बयरको रुखमा तीन किशोरी सामूहिक झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  प्रारम्भिक अनुसन्धानबाट उनीहरुले आत्महत्या गरेको देखिएको प्रहरीकाे भनाइ छ ।


जिप्रकाका डीएसपी वसन्त पाठकका अनुसार यसरी मृत फेला परेका किशोरीहरुमा कचनकवल– ५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् । उनीहरु चिया बगानमा काम गर्ने मजदूर रहेको खुलेको छ ।

आज विहान ७.३० बजे झुन्डिएको अबस्थामा फेला परेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । उनीहरु हिजो दिउँसोदेखि हराएका तीनैजना आज विहान ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरू मध्ये दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अबस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको अनुमान लगाइएको छ । तर कारण खुल्न सकेको छैन ।

उक्त दृश्य स्थानीयले देखेपछि आजै बिहान प्रहरीलाई खबर गरेका थिए । सूचना लगत्तै प्रहरी घटनास्थल पुगेर मृतक किशोरीहरुको शव तथा घटना प्रकृति मुचुल्का उठाएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment