इलाममा जेष्ठ नागरिकलाई लौरो र छाता बितरण


इलाम, २९ असार : इलाम नगरपालिकाले जेष्ठ नागरिकलाई लौरो र छाता बितरण गरेको छ । नगरपालिका वडा नंं ४ को आयोजनामा लक्षित विकास कार्यक्रम अन्तर्गत मंगलबार वडाका ८० बर्षमाथिमा चौबीस जना जेष्ठ नागरिकहरुलाई छाता र लौरो वितरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत तिर्थयात्रामा जान नसकेका जेष्ठ नागरिकहरुलाई छाता र लौरो वितरण गरिएको वडा अध्यक्ष नुतन देव दुलालले जानकारी दिए । दुलालका अनुशार यो पहिलो चरणको कार्यक्रम रहेको बताए । दुलालले पहिलो चरणमा छुटेका जेष्ठ नागरिकलाई दोस्रो चरण बितरण गरिने बताएका छन । उनले यस अघि ३० जना जेष्ठ नागरिकलाई वडाले नेपालको चारधाम तिर्थाटन गराइसकेको बताए ।


यता कार्यक्रमका प्रमुख अतिथि एबम नगरप्रमुख केदार थापाले वडा न ४ ले गरेको यो कामको प्रशंसा गर्दै जेष्ठ नागरिकका लागि इलाम नगरले नीति तथा कार्याक्रममा नै जेष्ठ नागरिक अनुकुलको कार्यक्रम समेटिएको बताएका छन । मेयर थापाले जेष्ठनागरिकका लागि सहज बनाउन सामाजिक सुरक्षा भत्ता वडा बाटै बितरण गर्ने कार्यलाई समेत अगाडि बढाइएको बताए ।
उनले इलाम नगरपालिकाले सबै बर्ग ,क्षेत्र, समुदायलाई समेटेर अधि बढ्ने बताए । उता उपप्रमुख बिष्णु दाहालले वडा नं ४ ले सुरु गरेको जेष्ठ नागरिकका लागि छाता र लौरो बितरण नगरभरी नै संचालन गर्ने योजनाका साथ अगाडि बढ्ने बताईन । लौरो र छाता पाएपछि जेष्ठ नागरिकहरु समेत खुसी भएका छन ।
उनीहरुले नवनिर्वाचित जनप्रतिनिधिलाई धन्यवाद दिदै जनताको साशक नभई सेवक भएर काम गर्न भनेका छन । कार्यक्रम नगर प्रमुख थापा, उपप्रमुख दहाल लिम्बु, वडाध्यक्ष नुतनदेव दुलाल, प्रमुख प्रशासकिय अधिकृत कालीबहादुर भुजेल, वडा नं ३ का निवर्तमान वडाध्यक्ष तिर्थ गुरुङ, ईन्जिनियर दिपक गुरागाई, जेष्ठ नागरिक संघ इलामका अध्यक्ष देवीप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment