नेपालमा एकैदिन ५६४ जनामा कोरोना पुष्टि, थप एकको मृत्यु

११ श्रावण २०७९, बुधबार


काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४५४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ७७८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय १८ जना र १ हजार ६७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ८८४ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३९ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार ९२९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६० पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार ००४ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment