ताप्लेजुङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

७ श्रावण २०७९, शनिबार


ताप्लेजुङ । ताप्लेजुङमा श्रीमानको कुटाइबाट शुक्रबार श्रीमतीले ज्यान गुमाएकी छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको फुङ्लिङ नगरपालिका – ९ हाङ्देवाको ५६ वर्षका बलबहादुर साँवाले आफ्नी ५४ वर्षकी श्रीमती कान्छिमायाँको कुटपीट गरी हत्या गरेका हुन् ।
उनलाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घरयासी विवादका कारण श्रीमानले कुटपीट गर्दा कान्छिमायाँको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment