इलामको देउमाईमा ५ जनामा कोभिड संक्रमण

१२ साउन २०७९


मंगलबारे । इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिकामा ५ जनामा कोभिड संक्रमण देखिएको छ । मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिजेन परिक्षणमा ५ जनामा कोभिड संक्रमण देखिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव नारायण राउतले सुचना जारी गर्दै संक्रमण पुष्टि गरेका हुन् ।
उनले सार्वजनिक स्थानमा अनावश्यक भिडभाड नगर्नका साथै मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह गरे । पछिल्लो समय नेपालमा कोरोना ओमिक्रोनको नयाँ भेरिएन्ट देखिन थालेको छ । अत्यधिक संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति बीएफ.१ फेला परेको हो।
ओमिक्रोन भेरियन्ट अन्तर्गत बीए.५ को सवभेरियन्टको रुपमा बीएफ.१ नेपालमा फैलन सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment