काठमाडौंमा चितुवाको आक्रमणबाट ५ जना घाइते

३० असार २०७९, बिहीबार


काठमाडौं । काठमाडौंको नागार्जुन–८ भीमढुंगामा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् ।
पञ्चकुमार भट्टराईको घरमा गए राति पसेको चितुवाले आक्रमण गर्दा घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। घाइते सबैको शरीरका विभिन्न अङ्गमा चितुवाले चिथोरेको मैनालीले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment