दुई दिनको नगरसभा कार्यक्रममा जनप्रतिनिधिले खाए ८०३ किलो मासु

१० श्रावण २०७९, मंगलवार


काठमाडौं । स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ ।
नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ । उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन् ।
यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन् । जसको खर्च ७५ हजार पर्छ । जनकपुर उपमहानगरपालिकाले नगरसभा सन्चालनकै लागि ५० लाख बजेट विनियोजन गरेको छ । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment