तीनकुनेकाे कल सेन्टरमा छापा : चिनियाँसहित ४१ जना पक्राउ


काठमाडौं । प्रहरीले तीनकुनेको गैरिगाउँमा घर भाडामा लिई कल सेन्टरका नाममा अवैध धन्दा चलाउने एक चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष रहेको बताइएको छ । पक्राउ परेका ८ जना प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा लगिएको छ । गौशाला प्रहरी वृत्तमा कार्यालयमा छापा मार्दा प्रहरीलाई बाधा गर्ने ८ महिलालाई लगिएको छ ।

स्काई वर्ड सर्भिस प्रा.लि.को नाममा कल सेन्टर सञ्चालन गरेर अवैध धन्दा चलाउदै आएको सूचनाको आधारमा सोमबार काठमाडौं प्रहरी, नगर प्रहरी, प्रहरी वृत्त गौशाला र बानेश्वरले संयुक्त अपरेशन चलाएको थियो । आइतबार बुटवलबाट चिनियाँले सञ्चालन गरेको कल सेन्टरबाट सञ्चालकसहित डेढ सय युवायुवतीहरु पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment