मेची खोलाको उदगम्स्थल लालिखर्क होइन

  • जीवन शर्मा

हिजोआज बजारमा सहज उपलब्ध सामान्य ज्ञानका पुस्तकहरूमा मेची खोलाको उदगमस्थल लालीखर्क हो भनी लेखिएको छ । कतिपय पुस्तकहरुमा त पाँचथरको  लालीखर्क समेत हो भनेर उल्लेख गरिएको छ । बार्‍ह हातको टाङ्गोले नछुने पाँचथर र मेची खोलाको उदगम स्थल कसरी बन्यो आश्चर्य लाग्छ ।वास्तवमा यी पुस्तकहरुले पाठकहरुलाई गलत शिक्षा दिइरहेका छन । यो मात्रै होइन अन्य धेरै कुराहरुको गलत उत्तर पाइन्छ । यसरी गलत शिक्षा दिने पुस्तक प्रकाशनमा रोक लागिनुपर्छ । 
मेची खोला पुर्वमा नेपाल  र भारतको सिमाना छुट्याएर बग्ने सिमा खोला हो । हुन त मेची वारि र पारी भिन्न देशका भुभाग पनि पर्न सक्छन । मेची खोला मध्य पहाडी भेगबाट शुरु भै बग्ने नदी हो । ती पुस्तकमा उल्लेख भएको इलामकै लालीखर्क चाहिँ मेची खोलाको उदगम स्थल आसपासको गाउँ हो जुन सुर्योदय नगरपालिका वार्ड २ मा पर्छ यो साबिक पशुपति नगर गा बि स ३ र ४ को भुभाग हो। यहाबाट ३ वटा खोल्साहरु बग्ने गरेका छन । देविथान खोला ( यो खोलालाई आधार मानेर गीतकार बुद्धवीर लामाले गीत पनि गाउनु भएको छ- देवीथान खोलाको त्यो चिसो पानी गाग्री है भरौला । तिम्रो त्यो बाचा साचो हो भने सिन्दुरले सजाउला ।) यश खोलालाई धोद्रे खोला पनि भनिन्छ ।  अर्को खोला तुलनात्मक रुपमा ठूलो खोल्सा छ जसलाई कल्कले खोला भनिन्छ । यसमा पशुपतिनगर बजारको सबै भेल वगेर आएर मिसिन्छ । ५० को दशकमा पशुपतिनगर बजारमा सोमबरको दिन अर्थात हाट लागेको दिन ठूलो पानी पर्दा एक जना बालखलाई भेलले बगाएर ल्याइ यहि कल्कले  खोलामा ल्याएको थियो ।तिनको त्यही मृत्यु भएको थियो । अर्को रहेको छ अर्थे खोल्सा । यो अर्थेटार तथा चारमाइलको आसापासबाट शुरु भै बग्ने गर्छ । र अर्को सल्लेरी खोला पनि छ यी चार वटै मिसिएर बगने खोलालाई सिद्धी खोला भनिन्छ । यो अर्थेटारको फेदी देखि नै सिद्धि नामाकरण भएर बग्छ । सिद्धि खोला रोङ पालिकाको असले दोभान सम्म एक्लै बग्छ त्यहासम्म यसको नाम सिद्धि नै रहेको छ । 
मेची खोलाको उदगमस्थल चाहिँ छब्बिसे हो अर्थात छब्बिसे आसपास हो ।त्यो क्षेत्रलाई पनि छब्बिसे नै भनिन्छ । भारतीय सिमामा रहेको छब्बिसे बजारभन्दा करीब २०० मिटर भित्र नेपाली भुभागतिर मेची खोलाको उदगम स्थल रहेको छ ।त्यही आसपासमा मेची बजार पबि रहेको छ । त्यहाबाट निस्केर बग्ने मेची खोला असले दोभानमा पुगेर सिद्धि खोलासङ्ग मिसिन्छ र त्यहाबाट पनि मेची खोला कै नाम बोकेर अगाडि बड्छ । मेचीनगरको काकरभिट्टा र भारतीय पाबीट्यान्की सिमानामा मेचीकोलाको पुल रहेको छ । यो खोला कुचबिहारमा पुगेर टिष्टा खोलासङ्ग मिसिन्छ ।
पुस्तकमा दिइएको उत्तरले मेची खोला भनेर सिद्धि खोलालाई चिनाइएको देखिन्छ ।यदि सिद्धि खोलालाई मेची खोला मान्ने हो र मेची खोलालाई सिमाना  मान्ने हो भने सुर्योदय गरपालिकाका ४ र ५ वार्डहरु भारतीय भुभागमा पर्छन । तसर्थ देशै हराउने गरि प्रकाशित गरि गलत शिक्षा दिदै जाने यस्ता सामान्य ज्ञानका पुस्तकहरु प्रतिबन्ध हुनुपर्छ । स्पष्ट रहोस मेची खोलाको उदगमस्थल लालीखर्क होइन ।यो विषयलाई मैले विभिन्न पत्रपत्रिकामा लेखिसकेको पनि छु ।यश विषयमा मेरो पालिकाले पनि केही अग्रसरता देखाओस साथै वार्ड न ४ ले पनि चासो राखोस भन्ने हो । हामी हाम्रो सिमा हराइदिने यस्ता पुस्तकहरुबाट सह्जक बनौ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment