२२ असार २०७९, बुधबारमा प्रकाशित
बिराटनगर । उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
उदयपुरको चौदण्डीगढी–५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएका थिए ।
घाईते चौधरीलाई तत्काल ईलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता सोलुखुम्बुको थुलुङ दुधकोशी–९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै परेको चट्याङ लागेर ७ बर्षीय सुजन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

0 comments:
Post a Comment