सर्पकाे डसाईबाट इलामकाे राेङमा बालिकाकाे मृत्यु


४ भदाै राेङ: बिषालु सर्पकाे डसाईबाट इलामकाे राेङ १ मा एक बालिकाकाे मृत्यु भएकाे छ ।

यसरी मृत्यु हुनेमा राेङ १ बडहरे निबासी सुवास राईकाे करिव ११ बर्षिय छाेरी सृस्टि राई हुन् । हिजाे साझ बरिव सात बजेतिर अलैची छाेडाउदै गरेकाे सृस्टिले आफुलाई के बस्तुले चिलेकाे महसुस गरेका थिईन  तर  चिल्ने वा टाेक्ने बस्तु केहि भेटिएन । बिराम निक्कै असहज बनेपछि अबिरल बर्षाकाे बाबजुत राति करिव २ बजेतिर माेटरसाईकलमाखेर फिक्कल अस्पताल पुर्याउदा बालिकालाई मृत घाेसित गरिएकाे हाे ।
परिक्षणमा  बिषकाे आशंका गरिएपछि बिहान साेहि अलैचीकाे थुप्राेमा सर्प भेटिएकाे थियाे भने वालिकाकाे पाखुरामा सर्पले डसेकाे दाग देखिएकाे शान्तिपुर मा बि का शिक्षक चन्द्र लकान्द्रीले बताए ।बालिका शान्तिपुर मा बिमा कक्षा ६ मा अध्ययनरत रहेकी थिईन ।उनकाे आज पाेस्टमाटम गरि दाह सस्कार गरिएकाे शिक्षक लकान्द्रीले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment