रोङ, १७ साउनः इलामको रोङ ६ मा रहेको रम्भ्याङ सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।
रम्भ्याङ सामुदायिक वन उपभोक्ता समितिको बार्षिक कार्ययोजना अनुसार बनक्षेत्रमा १५ सय बिभिन्न प्रजातिको बिरुवा रोपिने योजनाअनुसार मंगलबार करिव आठसय बिरुवा रोपिएको हो ।
वनसँग समृद्धि कार्ययोजना अनुसार वनको चिलाउने डाँडा क्षेत्रमा रोङ गाउँपालिकाको पहलमा धरेलु तथा साना उध्योग कार्यलयबाट प्राप्त आठसय कफिको बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष आशिष प्रधानले बताए ।
जिल्ला वन कार्यलय इलामबाट प्राप्त अमला,तेजपत्ता धुपि लगायतको बिरुवा पनि रोपिने अध्यक्ष प्रधानले बताए । वनमा रोपिएको जडिबुटि र नगदे बिरुवाले वनको सौन्दयता उपभोक्ताको साथै आम्दामी बढाउने अपेक्षा गरिएको छ । वृक्षारोपणमा सामुदायिक वनका पदाधिकारीहरु ,उपभोक्ताहरु सरस्वती माध्यामिक विद्यालयका शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
0 comments:
Post a Comment