इलाममा विद्युत आपूर्ति अनियामितताका कारण साँखेजुङका चिया उद्योगी मार्कामा


इलाम, ३० साउनः इलाम नगरपालिका १ साँखेजुङमा रहेका चिया उद्योगहरु विद्युत आपुर्ति नियामित नहुँदा मार्कामा परेका छन् । दैनिकजसो विद्युत आउँदै जाँदै गर्दा साँखेजुङमा सञ्चालित १० भन्दा वढि चिया उद्योग र ५ भन्दा वढी डेरी उद्योगलाई समस्या परेको हो । विद्युत आउने जानेले गर्दा कारखानामा भएका मेसिनमा समेत समस्या आउने गरेको ग्रिन भ्याली चिया कारखानाका व्यवस्थापक पाण्डप तिम्सीना वताउँछन् । दैनिक विद्युत अवरोध हुने कहिले काहिँत २ दिन सम्म विद्युत नआउने गरेकोले चिया उद्योग सञ्चालनमा समस्या आउने गरेको साँखेजुङकै ग्रिनहिल चिया कारखानाका सञ्चालक टंक दाहाल वताउँछन् ।

इलामको सँखेजुङमा मात्र हैन जिल्लाभरीनै यो समस्या रहेको स्थानीहरु वताउँछन् । इलामको सदरमुकाम इलाम बजारमा समेत दिनमा धेरै पटक विद्युत आउने जाने गरेको बजारवासीको गुनासो रहेको छ । 

यता नेपाल विद्युत प्रधिकरण केन्द्र इलामका प्रमुख डेगराज पौडेल भने साँखेजुङ फिडरको लम्बाई लामो भएको कारण समस्या आएको वताउँछन् । जम्मा २४७ किलोमिटर लम्बाई रहेको फिडरमा ९ किलोमिटरमा इन्लुलेसन गरेको पनि उनले वताए । 

विद्युत प्रधिकारणले अहिले साँखेजुङ फिडरलाई छुट्याउनको लागि सन्दकपुर फिडर छुट्टैबनाउनको लागि काम शुरु गरेको र केही समयमा नै सो काम सकेपछि केही मात्रमा समस्या सामाधान हुने समेत वताएको छ । 

मुख्य समस्या भनेको चिसापानी सवस्टेसनको काम नहुँदा आएको हो राँके रविबाट चिसापानी सवस्टेसन शुचारु हुने हो भने यो समस्या पूर्णरुपमा सामाधान हुने पनि पैडेलले वताए । अहिले प्रदेश नम्बर एकको सवैभन्दा धेरै समस्या आउने फिडरको साँखेजुङ फिडर पाचौँ नम्बरमा आउने पनि उनको भनई रहेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment