मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने सरकारको निर्णय

१९ श्रावण २०७९, बिहीबार


काठमाडौँ । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले एकै चरणमा उक्त संसदीय निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी मन्त्री निकट स्रोतले जनाएको छ ।
यसअघि हिजो बुधबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले मंसिर ४ मै संसदीय चुनाव गर्ने सहमति गर्दै सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो । सोही आधारमा आजको मन्त्रिपरिषद बैठकले चुनावको मिति यकीन गरेको बताइएको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment