सत्य हो सूर्योदय पर्यटनको लागि अब्बल क्षेत्र हो । यहाँ बर्सेनि हजारौको सङ्ख्यामा पर्यटखरु आउने गर्छन । मध्य नेपालबाट इलाम र दार्जीलिङ जानेहरु सुर्योदयलाई नै पहिलो पटक अंगालो मार्न पुग्छन । उता भारतीय भुमिबाट पनि पर्ययटकहरु सूर्योदयमा रमाउन आइपुग्छन । एउटा राम्रो पर्यटकीय गन्तव्य हो सुर्योदय ।
कन्याम अन्तु जस्ता पर्यटकीय गन्तब्यहरुले सूर्योदयलाई राम्रै सङ्ग चिनाएको छ । सिमपानी सुन्दरपानी स्वामी पार्क तीनतले झरना बौद्ध पार्क पर्यटकीय क्षेत्रमा बिकास भइसकेकाछन । मंगल मन्दिर चित्रे गुम्बा उर्गेन छोलिङ गुम्बाले धार्मिक पर्यटकलाई आकर्षणगर्दै आएका छन । यश बाहेक पनि यहाँ धेरै पर्य्टकीय गन्तब्यहरु बिकसित हुने क्रममा छन । सूर्योदयमा चिया पर्यटनको अवधारणा अघि बडिरहेको छ । त्यसैले पनि सूर्योदय एउटा राम्रो पर्यटकीय गन्तब्यका रुपमा चिनिएको छ ।
तर अब यहाँ धेरै चुनौती थपिएका छन । प्रथमतः सूर्योदयको पर्यटनलाई यथास्थितिमा राख्नै चुनौती छ । दोस्रो सूर्योदय अवका केही वर्षपछि ट्रान्जिट पोइण्ट मात्रै बन्ने खतरा बडिरहेको छ । पर्यटनमा बिकास नगर्ने हो भने अब भोलिको दिनमा केही भिजिटर मात्रै देखा पर्नेछन पर्यटकले त यहाको बाटो मात्रै प्रयोग गर्नेछ । यी हामी अगाडि आइरहेका चुनौती हुन । मैले यस लेखमा भोलिको यथार्थ आजै खोज्ने प्रयास गरेको छु ।
कसरी छ त पर्यटनमा समस्या ?
सत्य स्वीकार गर्नै पर्छ । पर्यटनको लागि सुर्योदय भन्दा अब्बल क्षेत्र हो माइजोमाई । यहाँ भन्दा बढी पर्यटकीय क्षेत्र त्यहाँ छन । फिक्कल नयाँबजार बाटो कालोपत्रे हुदैछ ।सङ्गै सुर्योदयको पर्यटनका चुनौतीका दिन आउदैछन । सुर्योदयको दृश्य हेर्नकै लागि आएको पर्यटक श्रीअन्तु भन्दा जौबारी जान्छ । किनभने उसले त्यहा ओछ्यानमा सुतेर चिया पिउदै सुर्योदय हेर्न पाउछ । अनि तुम्लिङमा पुगेर धितमरुन्जेल हिमाल हेर्छ । विभिन्न बस्तुहरुको अध्ययन अवलोकन गर्छ । त्यो दिन आउन टाडा छैन । त्यतिबेलासम्ममा हामी ट्रान्जिट पोइण्ट्को रुपमा खुम्चिसकेका हुनेछौ । हो कन्याममा भिडभाड भिजिटरले गराउदा हुन । आज पनि त्यहा पर्यटक आएको छैन उहीँ भिजिटर न हो । श्री अन्तु त पर्यटकले बाचेको छ भोलि त्यहा पनि भिजिटर मात्र आउदा हुन । यसको मतलव माइजोगमाईले पर्यटनको बिकास गर्नु हुदैन भन्ने होइन ।त्यहा पनि बिकास हुन जरुरी छ । तर त्यहा जाने पर्य्टकलाई सुर्योदयले एक दिन होल्ड गराउन सक्नुपर्छ ।
अवको सुर्योदयको बिकल्प के त ? यस विषयमा सुर्योदय पर्यटन कति गम्भीर छ, सोचनीय छ विषय । यतिबेलै सुर्योदयले सोचेर दिगो पर्यटन बिकासको लागि केही गरेन भने भोलि सुर्योदयको पर्यटन ट्रान्जिट पोइण्टमा खुम्चिएर गाडी गन्नु बाहेक अन्य बिकल्पमा हुनेछैन । यस विषयमा सूर्योदय अलिक गम्भीर पो बन्नै पर्ने हुन्छ ?
0 comments:
Post a Comment