इलाम, ११ भदौँ, अन्य कर्मचारीहरु सरह सेवा र सुबिधा बृद्धिको माग गर्दै गरेको बिभिन्न चरणको आन्दोलन गर्दै आएको बिद्यालय कर्मचारी परिषदले भदौ १२ देखी १८ गतेसम्म सामुदायिक बिद्यालय बन्दको कार्यक्र राखेको जनाएको छ ।
यता आन्दोलन प्रति नेपाल शिक्षक संघ इलामले आफ्नो ध्यानाकर्ण भएको जनाएको छ । बिगतदेखी नै नेपाल शिक्षक सघले बिद्यालय कर्मचारहरुको सेवा र सुबिधा बिस्तार र पेशाको सुनिश्चितताको लागि सरकार समक्ष माग गर्दै आएको थियो ।
यसै क्रममा बिगतमा नेपाल शिक्षक महासघ र सरकारबिच भएको ५१ वुदें सझौतालाई सरकारले तत्याउदै आर्थिक बर्ष २०७९÷८० को बजेटमा अन्य कर्मचारीहरुको १५प्रतिपशत तलव बढाउदा बिद्यालय कर्मचारीहरुलाई बेवस्ता गरिनु सरकारको बिभेदपुर्ण र हेपाहा नीति रहेको ठहर गर्दै यथाशिघ्र बार्ता मार्फत समस्याको समाधान गर्न माग गरेको नेपाल शिक्षक सघ इलामका अघ्यक्ष डोरकुमार पौडेलद्वरा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।
0 comments:
Post a Comment