झापामा पिकअप गाडी नियन्त्रण


झापा, राजश्व छलेर सरसामान नेपाल भित्रिन थालेपछि सशस्त्र र नेपाल प्रहरीले दिनहुँ जसो झापामा सरसामान बरामद गरिरहेको छ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चिनी,बिडी, खैनी र कुरमुरेसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीले बुधबार राती साढे १० बजे दमक नगरपालिका- १० स्थित रतुवा पुल नजिक मोरङबाट झापा तर्फ आउँदै गरेको मे १ च ६७९० नम्बरको पिकअप गाडीलाई शङ्का लागी चेक जाँच गरेका थिए।
चेकजाँचको क्रममा गाडीभित्र १६ बोरा चिनी, ४ कार्टुन बिडी ५ बोरा खैनी र ३ बोरा कुरमुरे बरामद गरेको थियो। सो सामान मोरङको नाकाबाट भन्सार छलेर नेपाल भित्राएको हो।
बरामद गरिएको सामान, गाडी र चालक दमक- ७ निवासी ४१ वर्षीय नारायण बस्नेतलाई गरी ६ लाख ६७ हजार मुल्याकंन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको डीएसपी पाठकले बताए। त्यस्तै प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टामा भारतबाट नेपाल ल्याउँदै गरेको रजनीगन्धा बरामद गरेको छ।
मंगलबार राति ८ बजे प्रहरीले मेचीनगर-६ गैरीगाउँबाट एक लाख बराबरको ५० बन्डल रजनीगन्धा बरामद गरेको हो। त्यसैगरी प्रहरीले मेचीनगर-६ बाटै नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १२० किलो सुपारी बरामद गरेको छ। बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment