२७ श्रावण २०७९, शुक्रबार
पर्सा । पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ गरेको छ । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२३ बस्ते दिनेश प्रसाद यादवलाइ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
उनले शुक्रबार बिहान ४ बजे वीरगन्जको इतियाही बस्ने २३ वर्षीया प्रतिमा कुमारी यादव सुतिरहेकी अवस्थामा घाटी दबाइ हत्या गरेका थिए । प्रतिमाको श्रीमान दिनेशले नै हत्या गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट घटेको टोलीले घरबाट उनलाई पक्राउ गरेको हो ।
श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले मुचुल्का गरी प्रतिमाको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

0 comments:
Post a Comment