इलामको रोङमा वालबालिकाई शैक्षिक सामाग्री बितरण


५ भदौः रोङ ६ मा रहेको रम्भ्याङ सामुदायिक बन उपभोक्ता समितिले बालबालिकाहरुकोलागि शैक्षिक सामाग्री बितरण गरेको छ ।
सामुदायिक बनको सामाजिक सहयोग अन्तर्गत स्थानिय सरस्वती  माध्यामिक विद्यालयका वालकक्षा देखी कक्षा ५ सम्मका७९ जना वालबालिकाहरुको लागि शैक्षिक सुधार र सहयोग गर्न कापि पेन्सिल जमेटिबक्स जस्ता सामाग्रीहरु बितरण गरिएको वन उपभोक्ता समितिका अध्यक्ष आशिष प्रधानले बताए । 
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम साङपाङको अध्यक्षता,रोङ गाउपालिका सामाजिक बिकास समितिका सयोजक तथा वडा न ६ का अध्यक्ष सत्यम चौरासे राई, शिक्षक अभिभावक सघका सयोजक खेम घिमिरे वन उपभोक्ता समितिका सदस्य प्रेम कुमारी  खड्काको उपस्थितिमा भएको कार्यक्रममा बिद्यालयमा अध्ययनरत वालबालिकाहरुलाई बिद्यार्थी परिचय पत्र समेत बितरण गरिएको थियो । बिद्यालयको लागि सहयोग गर्ने सबैलाई प्रधानाध्याप गोबिन्द पौडेलले धन्यबाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment