१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार आरोपमा तीनजना पक्राउ


कैलाली । कैलालीको सुखडकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन । उक्त घटनामा संलग्न एकजना भने अझैँ फरार रहेका छन् ।

घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया उक्त किशोरीलाई यहि भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता भएको थियो । सोही जाहेरीको आधारमा उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार भएको सम्बन्धमा पीडित परिवारले शुक्रबार इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि मात्र घटना सार्वजनिक भएको हो । पीडित किशोरीका अनुसार उनी सुख्खडमा आयोजित गौरा पर्वमा मनाइएको देउडा हेर्न गएकी थिइन् ।

सोही क्रममा उनलाई काम छ भन्दै फकाएर चारजना युवकहरूको समूहले बलात्कार गरेको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा उक्त किशोरीलाई असामान्य अवस्थामा फेला पारिएको थियो ।

त्यसपछि उनलाई उपचारका लागि स्थानीय अस्पतालमा पु¥याइएको थियो । अहिले पीडित बालिकाको उपचार भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment