इलाममा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने ७ जना सवारी चालक पक्राउ


इलाम, २४ भदौँः जिल्ला प्रहरी कार्यालय इलामले मेची राजमार्ग तथा अन्य सडक खण्डहरुमा सवारी चेकजाचसम्बन्धी बिशेषअभियान शुरु गरीरहेको छ । यसै अभीयान अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरीबाट खटिएको प्रहरी टोलिले सवारी साधनहरुलाई चेकजाच गर्ने क्रममा ७ जाना सवारी चालक पक्राउ गरेको छ । 
मादक पदार्थ सेवन गरी लावरर्वाही तरिकाले सवारी साधन चलाएको कारण सन्दकपुर ४ का राजन भन्ने राम लिम्बु, पाँचथर तुम्बेवा गाँउपालिका ५ का गोपि चन्द्र कुरुङबाङ, पाँचथर फिदिम नगरपालिका ८ का बम बहादुर मुखिया, इलाम नगरपालिका ५ का चेवन कुमार बजगाई,  इलाम नगरपालिका ४ का सरोज कोईराला, सदकपुर गाँउपालिका ५ का रबिन लिम्बु र जितेन लिम्बु पक्राउ परेका छन् ।  निजहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय इलामबाट ७ दिनको म्याद लिईआवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयको इलामका सूचना अधिकारी प्रहरी निरिक्षक तेजवहादुर दाहालले जनकारी गराए । 
साथै सार्वजनिक तथा निजि सवारी चालकहरुले सवारी चलाउदा मादक पदार्थ सवेन नगर्नहुन र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन हुन जिल्ला प्रहरी कार्यालय इलाम अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment