इलाम, १३ असोजः इलामको माईजोगमाई गाउँपालिका ४ नाम्सालिङका विनोद नेपालले गम्भिर अस्वस्थमा रहेका आफ्ना तीन बर्षिय छोराको उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् ।
तीन बर्षिय बालक विजय नेपालले खेल्ने क्रममा कृषिबालिमा प्रयोग हुने बुलेट बिषादी भेटाएर सेवन गरेका थिए । उनको तीन दिन देखि अचेत अवस्थामा बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भई रहेको उनले जनाएका छन् ।
विनोदले सार्वजनिक रुपमा आर्थिक सहयोगको आव्हान गर्दै भनेका छन् ‘आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र विजय बचाउन धेरै आर्थिक चाहिने भएको हुनाले सम्पूर्ण देश विदेशमा रहनु भएका महानुभावहरुलाई यथाशक्ति सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’
उनले दाताहरुलाई विनोद नेपालको नाममा सिभिल बैकमा रहेको खाता नम्बर ०६३१०६३७७०५०१७ मा सहयोग जम्मा गरिदिनुहुन समेत आव्हान गरेका हुन् ।
0 comments:
Post a Comment